अबैध बाटो अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए, इस्तानबुल ट्रान्जिट

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो ।

‘१० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ’ मानव बेचबिखन ब्यूरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले भने, ‘उनीहररू के कसरी गएका हुन्, कति रकम बुझाएर गएका हुन् भन्ने विषयमा थप बुझ्दै छौं ।’

तल्लो बाटो अमेरिका लैजानका लागि टर्किको स्तानबुलमा बसेर रुकुम निवासी ओकिल मगर नाम गरेका व्यक्तिले सहजीकरण गरीरहेको बुझिएको छ, उनको ह्वाट्स एप नम्बर नेपाल ट्राभल पोष्टलाई प्राप्त भएको छ ।

कुराकानीका क्रममा उनले आफूले विभिन्न देशबाट आउने नेपालीहरुलाई तुर्कीको स्तानबुल ट्रान्जीट प्रयोग गरेर दक्षीणी अमेरिकी देशको उडान हुने जहाजमार्फत पठाउने गरेको बताए ।

ग्राहक बनेर कुरा गर्दा उनले स्तानबुल एयरपोर्टमा लगभग १०० भन्दा बढि त्यस्तै जहाजको पर्खाइमा रहेको बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार