अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा सधैं नरहने – सुरेन्द्र पाण्डे

काठमाडौं । आज नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले “नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनकाे बाग्मती प्रदेश दाेस्राे अधिवेसनलाई सम्बाेधन गर्दै अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि परेको बताउनु भएकाे छ । तर, यो समस्या सधैं नरहने पनि बताउनु भयो ।

पाण्डेले अहिले नेपालको परिस्थिति सुधारोन्मुख रहेको समेत बताउनुभयो । यस परिस्थितिलाई सुधार गर्न पर्यटन क्षेत्रका व्यवसायीहरुको पनि भूमिका महत्त्वपूर्ण हुने जानकारी दिनुभयो । यस्तै उहाँले पर्यटन व्यवसाय विस्तार गर्दै जानुभयो भने पर्यटकहरु विस्तारै बढ्‌दै जान्छ । नेपालमा विदेशीले लगानी सुरु गरे भने पर्यटकहरु बढ्न सक्छन् । यस्तै कामको लागि घुम्ने मानिस धेरै हुन्छन् । त्यसैले हाम्रो लक्षित वर्ग त्यस्तै हुनु जरुरी छ । मानिसले पनि घुम्ने र काम गर्ने समय एकै पटक मिलाउन सक्छ ।

फरक प्रसङ्गमा पाण्डेले “भारतले १० हजार मेगावाट बिजुली किन्न योजना बनाएको छ । १० हजार मेगावाट बिजुली उत्पादन गर्न १० खर्ब रुपैयाँ सिधा नेपालको हाइड्रोमा लगानी गर्ने सम्भावना रहेकोे बताउनुभयो ।”

यस्तै आज राजेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएकाे बाग्मती प्रदेशकाे दाेस्राे अधिवेसन बाट सर्वसम्मत अध्यक्ष बिष्णु कार्की, वरिष्ठ उपाध्यक्ष बलराम सुबेदी उपाध्यक्ष अग्निधर पोखरेल, पुष्पराज पराजुली, सचिब सुबाश भण्डारी, उप-सचिब अर्जुन तामङ, उप-सचिब भेस बहादुर बानिया र कोषाध्यक्षमा संगीता खनाल पदाधिकारीमा निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमितिका सदस्यमा बिबेक देबकोटा, सरोज सिलवाल, दिपेस श्रेष्ठ अर्जुन तामाङ्, रविन पाण्डे, मनोज कुमार गिरी, सुबाश जिसी, सबिता रिजाल, अनिल लामा तामाङ्, तेन्जेन तामाङ्, सपना तामाङ्, भोज बहादुर केशी, पबित्रा तामाङ्, बुद्दरत्न मानन्धर,हरीगोपाल सापकोटा दिपक भट्टराई, गणेश शर्मा, सिजन घिमिरे,राजकुमार श्रेष्ठ, ललिता बुभाजु श्रेष्ठ, दावा साङ्गा शेर्पा र श्याम प्रसाद न्यौपाने लगायत ३५ निर्वाचित  भएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार