आज पूर्वराजालाई बिर्तामोडमा भव्य स्वागत

काठमाडौँ । आज पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिदैछ । विशेषगरी आज राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको छ । 

यस्तै आज बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत कार्यक्रम गरिएको हो । सो क्रममा राजावादीहरुले  राजा आउ देश बचाउको नारा धन्काएका थिए । 

आज ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए । आजै पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भएका हुन् । यद्यपि  राप्रपाका अध्यक्ष लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहदै आएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार