देश एमाले पार्टी बाहेक अरु कसैले बनाउन नसक्ने : केपी ओली

पोखरा । आज शुक्रवार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको बताउनुभयो । ओलीले भन्नू भयो, “देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर समेत गर्नु भयो ।”

ओलीले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको जानकारी दिनु भयो । यस्तै यो  अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको प्रष्ट पार्नु भयो । यस्तै ओलीले ‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन । इतिहास रचना गरेर आएको इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको, इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी हो । देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ । अहिलेका तत्कालीन समस्याहरू तिनीहरूको समाधानमा पनि लाग्छौँ । अर्को कुरा एमाले बाहेक अरू कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामी बाहेकका अरू त एकजुट भएर लागेकै छन् नि । त्यसकारण उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन । राष्ट्रियताको पक्षमा उनीहरू शिर निहुराउँछन् । यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो’ भन्दै आज बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार