अष्ट्रेलियाको मेलबर्नमा हुने लायन्स क्लबको अन्तराष्ट्रिय कन्भेन्सनका लागि निशुल्क प्रोसेसिङ हुने

MICE Tourism Global ले अष्ट्रेलियाको मेलबर्नमा २०२४ को जुन महिनाको २१ देखि २५ सम्म हुन लागेको १०६ औं अन्तराष्ट्रिय कन्भेन्सनमा भाग लिन जान चाहने नेपालीहरुको भिषा प्रकृयामा लगभग निशुल्क प्रोसेसिङमा सहयोग गर्ने भएको छ ।

कम्पनीले प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ, सम्मेलनमा भाग लिन जाँदा आफ्नो व्यापार बिस्तार, साथिभाइसँगको नेटवर्क बिस्तार, नयाँ गन्तव्यमा घुमघाममा जान चाहनेहरुको लागि भाइचारा बिस्तारका लागि यसो गर्न लागेको हो ।

कम्पनीका निर्देशक मनोज गिरीले पुरै निशुल्क गर्न नसकिए पनि न्यूनतम शुल्क लिएर गर्न लागेको बताए । सामान्यतया यसरी एक जना व्यक्तिले अष्ट्रेलिया यात्रा गर्दा भिषा फि १४५ अष्ट्रेलियन डलर, रजिष्ट्रेशन, टिकट, सामान्य डकुमेन्टेसन, बैक व्यालेन्स र स्टेटमेन्ट, होटल तथा खाना खर्च गरेर लगभग ४.५ लाख जतिको बजेट बनाउनु पर्ने हुन्छ ।

यस बाहेक MICE Tourism Global ले सेवा शुल्क बापत नेपाली रुपैयाँ १५ हजार लिने गरेको छ । यस वापत डकुमेन्टेसन गाइड, बायोमेट्रीक अपोइन्टमेन्ट, तथा आवेदन भरिदिने छ ।

बिज्ञप्तीमा आफ्नो १५ बर्षको अनुभवबाट  भिषा किन लाग्छ र किन लाग्दैन भन्ने बिषयमा सबै लायन्स क्लबका सदस्यहरुलाई जानकारी दिने  हुनाले यसको बिषयमा पनि जानकारी लिन सकिने बताएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार