TVS को इलेक्ट्रिक स्कुटर IQube को १ लाख किलोमिटर पूरा

भक्तपुर । IQube इलेक्ट्रिक स्कुटरले नेपालमा एक लाख किलोमिटर सफलतापूर्वक यात्रा पूरा गरेको उपलक्ष्यमा आज एक कार्यक्रमका बीच उत्सवको आयोजना गरेको छ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स नेपालका लागि TVS मोटरसाइकलको आधिकारीक बिक्रेता हो । यसले नेपालमा TVS इन्डिया लिमिटेडका उत्पादनहरु बिक्री गर्दै आइरहेको छ । IQube ‘इलेक्ट्रिक स्कुटर’ नेपालमा बिक्री सुरु गरेको तीन महीनामै १२७ वटा यूनिटको सफलतापूर्वक बिक्री गरेको बिक्रेता कम्पनी जगदम्बा मोटर्सले जनाएको छ ।

NADA Auto Show बाट सुरु गरिएको यो ‘स्कुटर’ हाल ४२ वटा बिक्री केन्द्रबाट बजारमा उपलब्ध भइरहेको छ । भारतमा भने यो ‘स्कुटर’ २ लाखभन्दा धेरै सँख्यामा बिक्री भइसकेको छ ।

४.६ KW क्षमताको मोटर जडित यो ‘स्कुटर’मा २ वटा व्याट्री रहेकाछन्, जसको क्षमता १.७ KW रहेको छ । यसलाई ‘इको’ र ‘पावर’ मोडमा चलाउन सकिन्छ । एक पटकको पूरा चार्जमा ‘इको’ ‘मोड’मा १०० किलोमिटर र ‘पावर मोड’मा ७५ किलोमिटर दुरी निर्धारण गर्ने गर्छ ।

४ घण्टा ३० मिनेटमा ८० % सम्म ‘चार्ज’ गर्न सकिने यो स्कुटरको उत्पादक कम्पनीले ३० हजार किलोमिटर वा २ बर्षको ‘वारेन्टी’ प्रदान गरेको छ ।

२ महिना अगाडि चिनीया इलेक्ट्रीक स्कुटरको खोजीमा हिडेका किशोर शाहीले चिनीया स्कुटरको व्याट्री समयमा उपलब्ध नहुने समस्या पाएपछि TVS को यो स्कुटर किनेका थिए ।

यसका बिक्रि व्यवस्थापक सुशान्त आचार्यका अनुसार नेपालमा यो ‘स्कुटर’ सबैखाले बाटोमा परिक्षण गरेर सँचालन गरिएको हो । वहाँले बिक्री भइसकेपछि कुनै खरावी आएमा २४ घण्टा भित्र समाधान गरिने कुरा जानकारी दिनु भयो । भारतिय कम्पनीले उत्पादन गरेकाले यो स्कुटर नेपाली बजारमा दिगो र टिकाउ हुनेमा कुनै आशँका नगर्न आग्रह गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार