एनसेल प्रकरण अहिलेसम्मकै ठुलो घोटाला :  भीम रावल

काठमाडौं । आज नेकपा एमालेका नेता भीम रावलले एनसेलले यो भन्दा अगाडि नै अनेक काण्ड मच्चाएको बताउनुभयो ।

आज बिहान रावलले नेपालका नेताहरुले एनसेलबाट ठुलठुलो रकम खाएको कुरा पनि आफूले सुनेको स्पष्ट गर्नुभयो । विशेषगरी अहिले यतिका नियामक निकायहरु हुँदाहुँदै पनि एनसेल प्रकरणमा ठुलो घोटाला भएको कुरा छर्लङग भएको बताउँदै नियामक निकायले अनविज्ञता देखाउनु आश्चर्यजनक भएको बताउनुभयो ।

यद्यपि नियमन निकाले छानविन, अनुसन्धान र कारवाही गर्दैन भने सरकारले नियमन निकायमा बस्ने सबैलाई कारवाही गरेर हटाउनुपर्ने बताउनुभयो ।

अहिले यो प्रकरण सरासर तस्करी र नेपाललाई लुट्ने काम भएको नेता भिम रावलले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार