काठमाडौं । एक आपसमा बस ठाेक्किदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
विशेषगरी काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।
यस्तै दुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक तनहुँका २८ वर्षका पूर्ण गुरुङ, बस चालक हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटौँडा तथा चितवन मेडिकल कलेज र सामान्य घाइते स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।