‘तपस्वी’को घरमा पैसाको चाङ, बिदेशी पैसाको चलखेल

काठमाडौं । नेपाल प्रहरीले ‘तपस्वी’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी पक्राउ गरेसँगै उनको घर खानतलासी गर्दा पैसाको बिटाहरू फेला पारेको हो ।

बूढानीलकण्ठको हात्तीगौडामा लामो समय देखि लुक्दै छिप्दै आएका बम्जन विभिन्न अपराधमा संलग्न हुदै आएको समाचार बाहिर आउन थाले पछि मानिसहरुको  सम्पर्कबाट हराएका थिए । उनले नेपाली पैसाका साथै बिदेशी पैसा पनि जम्मा गरेको प्रहरीले फेला पारेको छ ।

उनको घरबाट सीआईबीको टोलीले तीन करोड भन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिइन् ।

उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तीगौडाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका बम्जनलाई आजै सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार