सेन्सर बोर्डलाई बालेन शाहको पत्र

 

काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र सेन्सर बोर्डलाई नेपालको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन् ।

बालेन शाहले बोर्डलाई महानगरको तर्फबाट एक पत्र लेख्दै आग्रह गरेका हुन् । उनले बोर्डलाई ४ बुँदे सुझाव दिइएको जस्ताको तस्तै छ ।

यस्ता छन् महानगरले दिएका ४ बुँदे सुझाव- 

१.नेपालको मौलिकता,धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउने ।

२.पञ्चशीलता सिद्धान्त/ शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउने ।

३.कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।

४.कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार