टिकटकजस्तै ‘रमाइलो’ नेपाली एप सार्वजनिक

काठमाडौं । सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको हो ।

विशेषगरी एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले बताएको छ ।

यस्तै कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको विज्ञप्तिमार्फत बताउने भएको छ ।

पछिल्लोपटक टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी गरेको हो ।

हालैमात्र सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । यता सरकारले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उपयोगी हुने कम्पनीले प्रष्ट पारेको छ ।

यो एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले उल्लेख्य गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार