अँग्रेजी बाहेक अन्य भाषा बोल्न नसक्ने आफ्नै नागरीकलाई बेलायत सरकारले देश निकाला गर्यो

काठमाडौँ । बेलायतमै जन्मीएर हुर्किएका दिमित्री लिमालाई बेलायत सरकारले देश निकाला गरेको छ ।  २८  बर्सिय  उनलाई सरकारले उनकै पैत्रीक घर पोर्चुगत जान आदेश दिएको हो । उनका पिता तथा माता ३० बर्ष अगाडि पोर्चुगलबाट बेलायत बसाइसराइ गरेर आएका थिए । उनको बहिर्गमनलाई बेलायत यूरोपको सेन्जेन हिस्साबाट अलग भएपछि लिइएको नीति अन्तरगत हेरिएको छ ।

दिमित्री लिमा आजभन्दा २८ बर्ष अगाडि  बेलायतको लामबेथ भन्ने स्थानमा जन्मीएका थिए । उनलाई पोर्चुगाली भाषा आउँदैन र कहिल्यै बेलायत छाडेर बाहिर पनि गएका छैनन । सन २०२० को अगस्ट महिनामा उनलाई बेलायत सरकारले अबैध हात हतियार राखेको र लागुपदार्थ ओसार पसार गरेको अभियोमा ४ बर्ष ६ महिनाको जेल सजायँ सुनाएको थियो । उक्त सजाय पुरा नहुँदै बे्रक्जीट नीति अन्तरगत उनलाई होम अफिसले देश निकाला गर्ने निर्णय गरेको हो ।

देश निकाला गर्ने क्रममा उनलाई अहिले ग्याटवीक एयरपोर्टको बहिर्गमन कक्षमा राखिएको छ । तर लिमाले यसका  बिरुद्धमा अपिल गर्ने भएका छन् । आजसम्म उनले पासपोर्ट पनि नबनाएको र उनले पासपोर्ट बनाउन सक्नै आर्थिक अवस्थामा नरहेको बताएका छन् । उनलाई होम अफिसले सन २०२२ को अक्टोबरमा देश निकाला गर्ने निर्णय सुनाएको थियो । ब्रेक्जीट पछि ५ बर्ष बसाई अवधि पुगेका यूरोपियन युनियनका नागरिकलाई सामान्य अपराधमा पनि देश निकाला गर्ने नीति बेलायत सरकारले लागु गरेको छ ।

तर लिमाले आफूले गलत गरेको कबुल गरीसकेको र त्यसको सजाय पनि भोगिरहेको हुनाले यो बर्हिगमन गलत भएको जिकीर गरेका छन् । उनलाई देश निकाला गर्ने बेलायती राष्ट्रियता सम्बन्धी कानून २०२३ सँसदमा पेश भएर कानुनको रुपमा लागु भइसकेको छैन ।

लिमाका वकिल नागा कान्दीसले कानून लागू भइनसकेको अवस्थामा यस्तो निर्णय लिनु आफूलाई आस्चर्यमा पारेको बताएका छन् ।

Source : The Guardian, 27 December 2023

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार