पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोले

पोखरा । आज पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन् ।  विशेषगरी बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेको बताइएको छ ।

यस्तै ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले बताएको छ । अहिले प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको छ । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले बताएको छ ।

यद्यपि विमानस्थल प्रवक्ता जसोदा पौडेलले भने घटनाबारे निर्क्योल भई नसकेको उहाँ बोल्न मान्नु भएनन्  ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार