पोर्चुगलको फारोबाट नेपाली युवाको सहयोगको याचना, दुर्घटनामा खुट्टा भाँचियो

लिस्वन – पोर्चुगलको फारोमा लामो समय देखि काम गर्दे आउनु भएका तेह्रथुम फेडाप निवासी ३४ बर्षिय युवा बुद्धि बहादुर थापा दुर्घटनामा परी सख्त घाइते भएकाले सहयोगको याचना गर्नु भएको छ ।

उनलाई कामबाट फर्किएर बिद्युतिय साइकलमा डेरा फर्कँदा बाटोमा आउँदा फरवरी २१ साँझ पछाडिबाट तीव्र गतिमा आइरहेको गाडिले ठक्कर दिएको थियो । ठक्कर दिए पश्चात गाडि फरार भएको र अहिलेसम्म पनि पत्ता नलागेको हुनाले उनलाई सँगै अर्को साइकलमा आएका साथीले अस्पताल पु¥याएका थिए ।

घाइते बुद्धि बहादुर थापाको फारो अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको र उपचारका लागि खर्च अभाव भए पनि उनले आफ्नो साथी मार्फत सहयोगको याचना गरेका हुन ।

नेपालमा उनको पिताको मृत्यु भइसकेको र आमाले अर्कैैसँग बिहे गरीसकेको हुनाले उनलाई नेपालको घर तर्फबाट पनि कुनै सहयोग हुन नसकेको जानकारी गराएका छन् ।

उनले जारी गरेको बिज्ञप्तीमा कम्मरभन्दा तलको भाग नचल्ने भएको र खर्च अभावका कारण झन झन अवस्था बिग्रँदै गएको र हालसम्म पनि पैसा अभावका कारण अपरेसन हुन नसकेकाले सहयोगको आशा गरेका हुन् ।

उनलाई +३५१ ९२० ५३३ ६९५ मा सम्पर्क गर्न सकिन्छ

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

">

मनोज गिरी

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार