प्रधानमन्त्री प्रचण्डबाट इनरुवा सवस्टेशन उद्घाटन

काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्रनेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गर्नुभएको हो । आज शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० /२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गर्नुभएको हो ।

यस्तै सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने बताउनुभयो । उहाँले ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगेको छ । आउँदो डेढ बर्षमा शतप्रतिशत जनताले विद्युत पुरयाउने सरकारले लक्ष्य लिएका छ’, भन्नू भयो ।

प्रधानमन्त्रीले सरकारले ठुला क्षमताका प्रशारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने आधार व्यक्त गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार