काठमाडौं। आज राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवविच भेटवार्ता भएको छ। विशेषगरी राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव राष्ट्रपति निवास शितलनिवास जानुभएको हो ।
यस्तै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आज विहान शीतलनिवासमा राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता भएको बताउनुभएको छ ।
आजको उक्त भेटवार्ताका क्रममा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको पोखरेलले प्रष्ट पार्नुभयो ।