अबोध बालिका शालीनको मृत्युमा आमाबुवा पनि त्यतिकै दोषी

काठमाडौँ – चितवनको शिशु निकेतन माबिको छात्राबासमा यही फागुन १२ गते कक्षा ८ मा पढदै गरेकी छात्रा शालिन पोख्रेल मृत अवस्थामा भेटिइन् । घटना भएको साता बित्दा पनि उनको हत्या हो वा आत्माहत्या आधिकारीक जानकारी हुन सकेको छैन ।

सो घटना भएको थाहा पाउनेवित्तिकै इलाका प्रहरी कार्यालय टाँडीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले होस्टेल भित्रको कोठामा स्काउटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फागुन १२ गते शनिबार बिहान १०।३० बजे शालिनलाई मृत फेला पारेको थियो । शनिवारको दिन भएकाले विद्यालयको नियमित पठनपाठन थिएन ।

शलिन सँगै बस्ने तीनजना साथीहरुलाई प्रहरीले सोधपुछ गरको छ ।

आमा-बुवाको माया पाएकि थिइनन् शालिनले

आमा बुवाको सम्बन्ध बिच्छेद हुँदा शालिनको उमेर मात्र तीन बर्षको थियो । बाबा आमाको सम्बन्ध बिच्छेद पछि उनको देखभाल मामा घर कि काकाको घरमा भएको थियो । सम्बन्ध बिच्द्धेद पछि उनको बाबा र आमाले दोश्रो बिहे गरेका थिए । यसको बाबुआमा बाट एक्लिएकि छोरीले माया पाउन सकिनन् ।

शालिनको बुवा काठमाडौंमा अर्कै श्रीमती र आमा पाकिस्तानि नागरिकसँग बिहे गरेर बेग्लाबेग्लै बसेका थिए । परिणाम स्वरुप उनी एक्लिएकि थिइन् ।

बाबु आमामध्ये एकजनासँग मात्रै भए पनि बस्न पाएको भए आज उनको यो दुर्गती हुने थिएन । स्थानीय पार्वती थापाले बताईन् । उनको मृत्यु हुनुमा बिद्यालय त दोषी छँदैछ । त्यतीकै दोषी बाबु आमा पनि रहेका छन् ।

लामो समयदेखि बुवा–आमाको ममताबाट टाढिएकी शालिनको मृत्युपछि भने उनका बुवा–आमा दुबै मिलेर पत्रकार सम्मेलनसमेत गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार