समाजसेवा र पत्रकारिताको नमुना सानुवाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ सार्वजनिक

२२ असार, काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा व्यवसाय, समाजसेवा र पत्रकारिता एकैसाथ गरिरहेका सानुबाबु सिलवालद्वारा लिखित पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रबार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तक विमोचन गरेका हुन् । रेग्मीले जहाँ पुगे पनि सबैले आफ्नो पहिचान बिर्सनु नहुने बताए । उनले शिक्षा, समाज र संस्कृति नै मुलुकको पहिचान भएकाले जहाँ भए पनि बिर्सिन नहुने धारणा राखेका थिए ।

पुस्तकमा अमेरिकालाई बाहिरबाट देखिँदा र यथार्थ अवस्थाको राम्रोसँग चित्रण गरिएको छ ।

युएस नेपाल च्याम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा सो सँस्थाका उपाध्यक्ष तथा पत्रकार बेद प्रसाद खरेलले अमेरिकाको बास्वतिक चित्रण रहेको बताउनु भयो । कार्यक्रममा डा. सुरेन्द्र के.सि. लगायतका समालोचकहरुले पुस्तकको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

लेखक सिलवालले उक्त पुस्तकबाट आएको रकम आफ्नै जन्मथलोमा समाजसेवाका लागि दान दिने कुरा बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार