काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष कोइराला नियुक्त हुनु भएको छ । उहाँ दोस्रो कार्यकालका लागि नियुक्त हुनु भएको हो ।
विशेषगरी बैंकको हिजो बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने भएको छ ।
यस्तै साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिनु भएको छ ।
यद्यपि कोइरालाको पहिलो कार्याकालमा बैंकको वित्तीय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल सावित भएका बैंकले उल्लेख गरेको छ ।