आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै  

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। विशेषगरी आजको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको छ।

यद्यपि बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा रहेकोे छ । त्यस्तैगरी पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

आज अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि छलफल हुने कार्यतालिका रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार