विपिन जोशी रिहाइको पर्खाइमा

काठमाडौं । विशेषगरी प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको थियो । अहिले इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ ।

त्यस्तै युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको बताइएको छ । यद्यपि इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने भनिएको छ ।

अहिलेसम्म इजरायली र अन्य विदेशी नागरिकसँगै हमासले कब्जामा लिएर बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अनुमान गरिएको छ । यद्यपि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको जानकारी दिइएको छ ।

इजरायली अधिकारीहरूले यो चरणमा रिहा हुनेमा बालबालिका र महिलाहरू हुनेछन् भन्ने बाहेक अरु जानकारी नदिएको राजदूत रिजालले जानकारी दिनुभयो ।

नेपालले आफ्ना नागरिकको रिहाका लागि इजरायलसँगै हमास समूहसँग संवादमा रहेका अन्य कूटनीतिक सम्बन्ध रहेका देशहरूसँग पनि आग्रह गरिरहेको बताइएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जस्सिम अल थानीसँग पनि निरन्तर संवाद गरिररहेको परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयले विपिन हमासको नियन्त्रणमा रहेको र उनी सुरक्षित रहेको जानकारी दिइएको थियोे । अहिल उनको अवस्था अझै यकिन हुन नसकेको इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्तिमार्फत बताएको छ । तर परराष्ट्रमन्त्री साउदले कञ्चनपुरस्थित विपिनको परिवारलाई भेटेर उनी हमासको नियन्त्रणमा सुरक्षित रहेको र रिहाका लागि पहल भइरहेको बताएका थिए ।

गत ७ अक्टोबरमा इजरायली भूमिबाट विपिन हमास समूहको कब्जामा परेका थिए ।
इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइतेसमेत भएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार