गुटेरस नेपाल आउँदै

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्ने भएका छन् । इजरायलमाथि हमासको आक्रमणका कारण उनको नेपाल भ्रमण स्थगित भएको थियो ।

गुटेरेस आउँने कात्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्रीका निजी सचिव रमेश मल्लले जानकारी दिएका छन्।

यसअघि नै उनी आज नेपाल आएर संघीय संसदमा सम्बोधन गर्ने कार्यसूचि थियो। उता इजरायलमा बढेको युद्धका कारण राष्ट्रसंघका महासचिव गुटेरेसले आफ्नो भ्रमण स्थगित गरेका थिए।

‘उहाँ आज आउने तालिका थियो तर स्थगित भयो, अब १२ गते आउनुहुनेछ।’ मल्लले भने ।

राष्ट्रसंघका महासचिव आउने भएपछि सरकारले आजैदेखि अन्त्य गर्ने भनेको संघीय संसदको चालु अधिवेशन तत्काल अन्त्य नहुने भएको छ।

यसअघि मन्त्रीपरिषद्ले आज मध्यरातिदेखि नै संसदको अधिवेशन अन्त्य गर्न संसदलाई पत्र पठाएको थियो।

अब गुटेरेस नआउने र उनलाई संसदमा सम्बोधन गर्न दिनका लागि अधिवेशन अन्त्य नहुने भएको छ। उनले कात्तिको १३ वा १४ मा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रसंघको ७८ औं महासभामा भाग लिग अमेरिका गएका प्रधानमन्त्री प्रचण्डले गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार