एक महिनासम्म एनटी फाइबर प्रयोगकर्तालाई  निःशुल्क डाटा

काठमाडौँ । अब नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा लिन सक्नेछन् ।

विशेषगरी नेपाल टेलिकमले भोलि मङ्सिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा पाउने बताइएको छ ।

यस्तै नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा महिना दिनसम्म यो सुविधा प्रदान गरिने जनाएको छ ।

यद्यपि यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशअनुसार फेरि १ डायल गर्न पर्ने कम्पनीले बताएको छ । अथवा नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन मिल्नेछ ।

विशेषगरी एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र लिन सक्नेछन् । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले पुनः १९८ डायल गरेर १ थिच्नुपर्ने कम्पनीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार