आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । आज नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दैछ ।

आज बिहान ११ बजे महासचिव घनश्याम भुसालले ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको बताए ।
भुसालका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । उक्त समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

खतिवडाका अनुसार बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल  र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार