चितवन राष्ट्रिय निकुञ्जमा धराप थापेर दुई वटा गैँडा मारेको आरोपमा ९ जना पक्राउ

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर गैँडा मारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ९ जनालाई पक्राउ गरेको बताएको छ । गैडा  कार्तिक ३० मा दुई वटा खाल्डोमा १८ वर्ष र ६ वर्षका गैँडा खाग काटिएको अवस्था मृत भेटिएका थिए ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चप्परचुली  पोस्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा पारेर सङ्गठित गिरोहले धरापमा पारेर गैँडा मारेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको हो ।

विशेषगरी पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय शमशेर थिङ, रोल्पा घर भएका २७ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका–११ घर भएका ४३ वर्षीय आइते सिंह मोक्तान उर्फ पासाङ, मकवानपुरका ३३ वर्षीय रमेश खाती, ५८ वर्षीय सिताराम थिङ र धनबहादुर गुरुङ रहेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका भीम तामाङ र उनसिंह स्याङ्तान गैँडा सिकारी रहेकोे खुलेको छ । घटनाको छानबिन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक वेद कुमार ढकालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।अहिले पनि समितिले त्यसबारे छानबिन गरिरहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार