आजदेखि जनकपुरमा कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु  

काठमाडौं । आजदेखि जनकपुरमा नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु हुँदै छ । भोलिसम्म चल्ने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेकोे छ ।

विशेषगरी प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागिएको हो । यस्तै  सम्मेलनलाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ । यद्यपि  उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापासहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन तालिका रहेकोे छ ।

यस्तै सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने बताइएको छ । यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला आज भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

यद्यपि आज हुने मधेश सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार