बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले बाटोमै छोरीको जन्म दिनुभएको छ । अहिले यो तस्बिर सामाजिक संजालमा सर्वत्र छाएको छ ।
उहाँलाई सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिनुभयो । उहाँका अनुसार “आफु स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाई सहयोग गरेको बताउनुभयो ।
पानसरा रोकायालाई अत्याधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको धर्माले जानकारी दिनुभयो । उनीसँग अरु कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउदै गर्दा बाटोमा बच्चा जन्माएको स्वास्थ्यकर्मीले बताउनुभयो ।
पानसरा रोकायाको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्माएकि हुन् ।