कृषि र पर्यटनलाई प्राथामिकतामा राखिएको छ – मन्त्री जीतप्रसाद आले

पोखरा । आज गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामत्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।

विशेषगरी आज नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री आलेले कृषि र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर सरकारले काम गरिरहेको प्रष्ट पार्नुभयो । यस्तै प्रदेशमा पर्यटन र कृषिमा प्रचुर सम्भावना भएकाले सरकारको पहिलो प्राथामिकता राखेको बताए ।

यद्यपि मन्त्री आलेले कोरोनाले थला पारेको पर्यटन क्षेत्र केही मात्रामा सुधार हुँदै गरेको अवस्थामा यसको प्रवर्द्धन गर्न प्रदेश सरकारको साथ र सहयोग सधैँ रहने प्रतिबद्धता समेत उल्लेख गर्नुभयो । उहाँले “पर्यटन प्रवर्द्धन गर्ने दायित्व पर्यटन व्यवसायीको मात्र नभएर सरकारको पनि हो । जतिधेरै पर्यटन भित्र्याउन सक्यौँ त्यति नै यस क्षेत्रमा बस्ने व्यक्तिको आयआर्जन बढ्ने छ” भन्दै उल्लेख गर्नु भयो ।

यस्तै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार गर्नुपर्ने भन्दै मन्त्री आलेले सरकारको चाहना पनि प्रदेशलाई समृद्धितर्फ अगाडि बढाउने रहेको जानकारी दिनुभयो । उहाँले पर्यटकीय एवं धार्मिकस्थल प्रशस्त भएकाले स्वदेशी तथा विदेशी पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउँदै उहाँले पोखरालाई पर्यटन राजधानी घोषणा गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार