आज धनकुटामा एमालेको संकल्प यात्रा हुँदै

काठमाडौं । आज नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको टोलीले आज धनकुटामा विभिन्न कार्यक्रमहरु हुने भएको छ । विशेषगरी यात्रा टोलीले गर्ने कार्यक्रमहरुको सबै तयारी पूरा भएको नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले प्रष्ट पारेको छ ।

यस्तै संकल्प यात्राको टोलीलाई अहिले बिहान ९ बजे लेगुवामा स्वागत गर्ने कार्य तालिका रहेकोे छ । उक्त यात्रा टोलीले लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा हुने कार्यक्रमहरूमा सहभागि हुँदै दिउँसो बसन्तपुर पुगेर वृहत् आमसभा गर्ने तयारी रहेको बताएको छ ।

नेकपा एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित शुरु गरेको संकल्प यात्रा आज धनकुटा आइपुगेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार