नेपालमा कारवाही हुन थालेपछि भारतिय बाटो प्रयोग गर्न थाले मानव तस्करहरु

काठमाण्डौं । बेग्लाबेग्लै घटनामा कुबेत तथा दुवइ जाने क्रममा आठ जना नेपालीलाई मुम्बइ एयरपोर्टबाट भारतिय प्रहरीले फर्काइदिएको छ ।

उनीहरुले प्रयोग गरेको नेपाली दुतावासले दिएको भनिएको यात्रा अनुमतिपत्र तथा श्रम अनुमति पत्र नक्कली भेटिए पछि मुम्वइ प्रहरीले फर्काइदिएको हो ।

त्यसरी फर्काइनेमा बर्ष २२ कि माइली बम्जन तथा बर्ष ३२ कि भगवती डाँगी रहेका छन् । उनीहरुले प्रयोग गरेको कागजपत्र नक्कली भेटिएपछि उनीहरुलाई प्रहरीले कारवाहीका लागि नियत्रणमा लिएको हो ।

दोश्रो घटनामा ३० बर्षिय राजकुमार तामाङ, १९ बर्षिक रुपक खड्का, २० बर्षिय अरुण खड्का, १९ बर्षिय करण बोहोरा, २० बर्षिय सुजन बोहोरा, २८ बर्षिय दिपेश लामिछाने रहेका छन् । उनीहरु नेपाली दुतावास नयाँ दिल्लीबाट जारी गरीएको यात्रा अनुमति पत्र एन ओ सी देखाएर मुम्बइ एयरपोर्टबाट यात्रा गर्न लागेका थिए ।

उनीहरुलाई गत पुष ४ गते नै मुम्बइ प्रहरीले समातेर कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको बिमानस्थल प्रयोग गर्दा समस्या हुन थालेपछि मानव तस्करहरुले भारतका विभिन्न बिमानस्थल प्रयोग गरी खाडि मुलुकमा लैजाने र त्यहाँबाट अन्यत्र लैजाने प्रयोजनका लागि उनीहरु त्यहाँबाट प्रस्थान गर्न लागेको मुम्बइ प्रहरीले अनुमान गरेको छ ।

उनीहरुलाई मुम्बइ प्रहरीले नक्कली कागजात तथा ढाँटेको अभियोगमा मुद्दा चलाउने भएको छ ।
Source : Times of India

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार