विप्लवसहित उच्च नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौँ । आज जिल्ला अदालत काठमाडौँले (नेपाल कम्युनिस्ट पार्टी)का महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी गरेको छ ।

विशेषगरी विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते उनीहरू लाई राज्यविरुद्धको कसुर मुद्दा दायर गरेको थियो । यद्यपि २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३)  ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा भनिएको छ  ।

यस्तै पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारीमा उल्लेख्य गरिएको छ । उनीहरू लाई अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने भनि उल्लेख गरेको छ । उजुरबाजुर नलाग्ने समेत अदालतले जारी गरेको पुर्जीमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार