अहिलेसम्मकै भीषण आक्रमण इजरायलद्धारा दक्षिणी गाजामा १ सय ९३ जनाको मृत्यु

काठमाडौं । गाजामा हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो आक्रमणमा परी १ सय ९३ जनाको मृत्यु भएको बताइएको छ ।

यस्तै एक साता लामो अस्थायी युद्धविराम सकिए लगत्तै शुक्रबारबाट इजरायलले पुनः जवाफी कारवाही शुरु गरेको जनाइएको छ । गत अक्टोबर ७ हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको छ भने २ सय ४० जनालाई बन्धक बनाएको बताइएको छ ।

यद्यपि इजरायलले गरेको जवाफी कारवाहीका क्रममा हालसम्म गाजामा १५ हजार २ सयभन्दा बढी मानिस मारिएका छन् भने मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार