अझै ९ वटा स्थानीय तहले आ.व. २०८०/८१ को  बजेट ल्याउन सकेनन्

काठमाडौँ । अझै ९ वटा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्दा पनि बजेट ल्याउन सकेका छैनन् ।

अहिलेसम्म देशभरका ९ वटा स्थानीय तहमा गाउँ सभा र नगरसभा हुन नसकेकाले बजेट आउन सकेका छैनन् । विशेषगरी बजेट ल्याउन नसक्ने पालिकाहरु सबैभन्दा बढी मधेस प्रदेशमा रहेकोे पाइन्छ । मधेस प्रदेशमा ८ वटा पालिका, कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेका छैन । विशेषगरी मधेस प्रदेशका ५ जिल्ला सप्तरी, सर्लाही, धनुषा, रौतहट र सिरहाका पालिकाको बजेट आएको छैन ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराईका अनुसार आर्थिक वर्ष सुरु भएको ५ महिना बित्न लागिसक्दा समेत बजेट नल्याउनेमा सप्तरीको रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका र हरिपूर्वा नगरपालिका, रौतहटको गढीमाई नगरपालिका र फतुवा विजयपुर नगरपालिका रहेकोे बताए । यस्तै कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिका समेत रहेकोे बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार