पहिचानवादीले मुख्यमन्त्री कार्कीलाई देखाए कालो झण्डा

दमक । आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीले कालो झण्डा देखाएर विरोध जनाएका थिए ।

विशेषगरी झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले मंगलबार मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाइएको थियो ।

यद्यपि उनीहरू प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर  निरन्तर आन्दोलनरत रहेका छन्  ।

आज  मुख्यमन्त्री कार्कीविरद्ध उनीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेको थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार