मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र लयमा जाने अनुमान  : अध्यक्ष ढकाल

काठमाडौँ । आज नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको समिक्षाबाट अर्थतन्त्र लयमा जाने बताउनुभयो ।

यस्तै अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले लगानीकर्ताको मनोबल बढाउने जानकारी दिनुभयो । यद्यपि सुदूरपश्चिम महोत्सवको उद्घाटन ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरु मौद्रिक नीतिको समीक्षामा समेटिएको उल्लेख गर्नुभयो ।

उहाँले ‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनरसंरचना र घर तथा शेयर कर्जामा लचकता अपनाएको देखिन्छ,’ ढकालले थपे, ‘यी विषयहरु हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ’ भन्नुभयो ।

विशेषगरी अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन नपर्ने अध्यक्ष ढकालले जानकारी दिनुभयो । यस्तै ‘निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटकपटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौ,’ उनले थपे, ‘अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ’ भनी उल्लेख गर्नुभयो ।
अब अर्थतन्त्र लयमा जाने अनुमान पनि गर्नुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार