काठमाडौं महानगरले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन नगराउन अनुरोध गर्‍यो

काठमाडौं । अहिले काठमाडौं महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य परेको गुनासो पर्ने गरेको छ ।

विशेषगरी महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो गुनासा आएको भन्दै महानगरको शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वीकृत नभएका पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन नगर्न नगराउन विद्यालयहरूलाईअनुरोध समेत गराएको छ ।
महानगरले ‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र (अङ्ग्रेजी व्याकरण तथा अङ्ग्रेजी शब्दकोश बाहेक) पठनपाठन गर्ने व्यवस्थाका लागि सबै विद्यालयलाई सूचित गरिन्छ’, महानगर शिक्षा विभाग प्रमुख सिताराम अधिकारीले विद्यालयहरूलाई सूचना पठाउँदै कुनै विद्यालयले यस सूचना विपरीत पाठयक्रम तथा पाठ्यपुस्तक लागू गरेको पाइए शिक्षा ऐन, २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने बताउनु भएको छ ।

यस्तै शिक्षा ऐन, २०२८ को दफा ८ तथा शिक्षा नियमावली, २०५९ को नियम ३१ बमोजिम विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने र सोही ऐनको दफा १२ को उपदफा (७) को खण्ड (ङ) मा संस्थागत विद्यालयले नेपाल सरकारले लागू गरेको पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था छ । अन्य सहयोगी पाठ्यपुस्तकहरू पढाउन आवश्यक देखिएमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को स्वीकृति लिनुपर्ने प्रावधान रहेको समेत महानगरले जानकारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार