आज एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा १८औं दिन

काठमाडौं । आज नेकपा एमालेले सुरु गरेको समृद्धि संकल्प यात्राको आज १८औं दिन पुरा भएको छ । विशेषगरीआज १८ औं अथवा अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ।

यस्तै हिजो पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिइनु भयो ।

यद्यपि आज फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको बताइएको छ ।

यस्तै ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम पुग्ने ज्ञवालीले जानकारी दिइनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार