काठमाडौं। पछिल्लोपटक निकै चर्चामा रहेकोे नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा हुने भएका छन् ।
आज उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश दिइएको हो ।
आज विशेषगरी न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ। यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको छ ।
यद्यपि नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर रहेकोे बताइएको छ । जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा रहेका थिए ।