३ जना ९१ केजी ५१५ ग्राम गाँजासहित पक्राउ

बझाङ । सोमबार साझ बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीबाट ठुलो परीणाममा गाँजासहित   ३ जना पक्राउ परेका छन् । विशेषगरी ६४ वर्षीय खडक खड्काको घरबाट अवैध ९१ केजी ५ सय १५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले बताएको छ ।

यस्तै पक्राउ पर्नेमा खड्कासहित गोरखा अजिरकोट गाउँपालिका-२ बस्ने ३८ वर्षीय सन्तोस गुरूङ र पर्सा सुकौली पटौली गाउँपालिका-९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरूङ परेका छन्  । यद्यपि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त परिमाणको गाँजा, प्लाष्टिकको बाटा ५ थान, डिजिटल तराजु १ थान, कैँची २थान, ब्लेड १ थान, कार्टुन टेप ३ थान, ब्रस १ थान, रबर पोका १ थान लगायतका सरसामानहरूसहित उनीहरूलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार