काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । आज बुधवार अपराह्न पाँच बजे पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताए ।
उपाध्यक्ष डोलप्रसाद अर्यालका अनुसार सचिवालय बैठकअघि यही मङ्सिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएकाहरूको ४ बजे शपथ ग्रहणको कार्यक्रम रहेकोे जानकारी दिइए ।
यस्तै शपथ ग्रहण कार्यक्रमपछि पाँच बजे बस्ने बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गर्ने एजेन्डा रहेकोे तालिकामा उल्लेख गरिएको छ । यद्यपि सभापति रवि लामिछानेले आफ्नो मलेसिया भ्रमणबारे बैठकमा ब्रिफिङ गर्ने अर्यालले जानकारी दिनुभयो ।
उक्त बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।