ग्राउन्ड ह्यान्डलिङ सेवाबाट नेपाल एयरलाइन्स खोसियो

काठमाडौं । अब नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट मात्र दिइने बताएको छ ।

विशेषगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार “विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउने निर्णय गरेको बताउनुभयो ।”

प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अब ग्राउन्ड ह्यान्डलिङका लागि बोलपत्रको माध्यमबाट कम्पनी छनौट हुने जानकारी दिइनु भयो । यद्यपि यसअघि भने  नेपाल वायुसेवा निगमले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा लिइदै आएको थियो ।

यता प्राधिकरणले निगमका अध्यक्ष युवराज अधिकारीलाई आज शुक्रबार नै स्पष्टीकरण सोधेको छ।
यस्तै प्राधिकरणले विभिन्न समयमा एयरलाइन्समा गरेको अडिट, दिएका निर्देशन कार्यान्वयन नभएकाले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको बताइएको छ । उहाँलाई ‘हवाइ सुरक्षा प्रणालीमा ध्यान नदिने र दिएका निर्देशनहरू पनि कार्यान्वयन नगर्ने एकाउन्टेवल म्यानेजरलाई किन नहटाउने?’ प्राधिकरणले सोधेको स्पष्टीकरण बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार