सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड बढी रकम संकलन

 
काठमाडौं । आज सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश गरेको छ । यो २०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले आफ्नो छैटौँ वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको बताइएको छ ।

विशेषगरी आज आफ्नो स्थापनाको दिवसको अवसर पारेर कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
यस्तै कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहिआएको बताइएको छ ।

यो कोषमा हाल १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पछिल्लोपटक वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले उल्लेख गरेको छ ।

यस्तै गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको थियो। सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार