सरकारले सहसचिवहरुको सरुवा गर्‍यो

 
काठमाडौं । सरकारले ७१ जना सहसचिवहरुको सरुवा गरेको बताएको छ । विशेषगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको बताइएको छ ।

यस्तै प्रशासन समूहका ५० जना, इञ्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवाका एक जना सहसचिवको सरुवा गरिएको छ ।

यद्यपि धेरै सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार