नेपाल वायुसेवा निगमका २ अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लोपटक फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको बताएको छ ।

विशेषगरी नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ । यद्यपि वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइ रहेकोे छ ।

यस्तै भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्ने क्रममा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको हो । नेपाल वायुसेवा निगमका अधिकृतहरूले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।

प्रहरीले पहिला चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार