कर्जाको ब्याजदर १ प्रतिशत घट्यो

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको जानकारी दिनुभयो ।

आज शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको प्रष्ट पार्नुभयो । यद्यपि बैंकको ब्याजदर अझै घट्दै जाने जाने बताउनुभयो ।

यस्तै आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । सुनिल केसीले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको जानकारी दिनुभयो ।

सुनिल केसीले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको जानकारी दिनुभयो । उनले गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको प्रष्ट पार्नुभयो । अब दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको जानकारी दिनुभएको छ ।

अहिले सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको समेत रहेको केसीले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार