आज रुकुमकोटमा सभा एमालेको समृद्धिका लागि संकल्प यात्रा  

काठमाडौं । आज मंगलबार नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन रुकुमकोट सभा हुँदै छ ।

विशेषगरी सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी छ । सोमबार  दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परे पनि कार्यक्रमहरु भब्य भएको बताइएको छ ।

आज मंगलबारको यात्रा बिहान ८ बजे सुरु हुने एमाले नेताले जानकारी दिइए  । यस्तै आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम रहेको बताइएको छ । उक्त यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार, छेडे बजार, सेरी गाउँ, मुसिकोट लगायतका ठाउँमा स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भेटघाट गर्ने भनिएको छ ।

यस्तै भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल हुने एमालेले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार