सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

काठमाडौँ । सर्वोच्चका प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ । विशेषगरी  संसदीय सुनुवाइ प्रक्रियामा रहेका उनीहरुविरुद्ध १० वटा उजुरी परेको समितिकी सहसचिव निर्मलादेवी लामिछानेले बताए ।

आज बिहीबार बस्ने संसदीय सनुवाइ समितिमा हुने छलफलमा उनीहरू विरुद्धको उजुरी सांसदलाई वितरण गरिँने भएको छ । अदालतको प्रस्तावित न्यायाधीश मध्ये सबैभन्दा धेरै सारंगा सुवेदी विरुद्ध ५ वटा उजुरी परेको छ ।

त्यस्तैगरी प्रस्तावित न्यायाधीश महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने एउटा पनि उजुरी नपरेको पाइएको छ । उक्त समितिले गत मंसिर ८ गते १० दिन उजुरी दिनका लागि सूचना प्रकाशन गरेर उजुरी माग गरेको थियो । आज बस्ने बैठकले उनीहरूमाथिको सुनुवाइ लागि मिति तोक्ने कार्यतालिका रहेकोे छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार