अनेरास्ववियुको प्रदर्शन एनसेल शेयर खरिदबिक्रीको चलखेलविरुद्ध

काठमाडाैँ । आज नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध गरेको छ ।

यस्तै एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले कडा प्रतिकार गर्ने बताएको छ । यद्यपि प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेर उभिएका छन् ।

यस्तै एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री गरेको र  झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो । आजै मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ हुने भएको छ  ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार