नेकपा एमालेले भक्तपुरका सबै नगरपालिकामा सरसफाइ अभियान सँचालन गर्ने, वडा नं. ७ का अध्यक्ष सापकोटा वडा नं. ४ को सरसफाइमा सँलग्न

भक्तपुर  –  नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले जिल्लाका ३८ वटै वडामा सरसफाइ तथा जनस्वास्थ्य अभियान सँचालन गर्ने भएको छ ।

आज बिहान सुर्यबिनायक नगरपालिका वडा नं. ४ को आयोजना तथा वडा कमिटिको सँयोजनमा आयोजना गरिएको सरसफाइ तथा जनस्वास्थ्य जनचेतना अभियानको समापनका अवसरमा नेकपा एमाले भक्तपुर जिल्ला कमिटि अध्यक्ष बचन देउजाले सो कुरा बताउनु भएको हो ।

जिल्लाको बिकासका लागि नगरपालिको बजेटको मात्रै आशा नगरी नागरिक समाज, स्थानीय सबै मिलेर रचनात्मक कार्यमा सहभागि भए बिस्तारै परिवर्तनको आभाष हुने थियो, वहाँले बताउनु भयो ।

आगामी स्थानीय निर्बाचनमा नगरपालिका नगर प्रमुखका आकांक्षी  सुर्यबिनायक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाले आफ्नो वडामा स्थानिय युवालाई जिल्मेवारी दिएर वडा नं. ४ मा सँलग्न हुन आएको बताउनु भयो । यो अभियान जिल्लाका सबै वडामा सँचालन हुने पनि बताउनु भयो ।

सरसफाइ कार्यक्रम नेकपा एमालेका बाग्मती प्रदेश साँसद किरण थापा, जिल्ला कमिटी अध्यक्ष बचन देउजा, वडा कमिटि अध्यक्ष भोला राउत, टोल कमिटीका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु सहभागि भएका थिए ।

सरसफाइ कार्यक्रम हर्षचोकबाट सुरुभइ काठमाडौं स्कुल अफ ल हुँदै सोही स्थानमा आएर टुङ्गीएको थियो । सरसफाइ कार्याक्रममा सँकलीत फोहोर नेप्सेम्याक तथा फुलबारी जस्ता सफाइक कम्पनीले सहयोग गरेका थिए ।

कार्यक्रमा पूर्व वडा सदस्य राजु लुबन्जार श्रेष्ठले स्थानीय बासिन्दालाई आफ्नो वरपर सरसफाइमा ध्यान दिन तथा अन्य कसैले फोहोर गरेमा सचेत गराउन समेत आग्रह गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार