नेपाली शान्ति सैनिकहरुको सिरियामा अदलीबदली

काठमाडौँ । नेपाली शान्ति सैनिकहरुको सिरियामा अदलीबदली भएको छ ।

विशेषगरी  बुधबार सिरियाको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १२ औँ डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, इन्जिनियर से.मु. (शान्ति सेना) आठौँ डफ्फा, लेबल १ (+) अस्पताल (शान्ति सेना) पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) चौँथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरू सेनानी नवराज नाथको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड बिमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको बताइएको छ ।

यद्यपि मिसनमा कार्यरत विभिन्न युनिटहरुका २३८ जना नेपाली शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरेर प्रमुख सेनानी महेश कुमार सुवाल बाटाको नेतृत्वमा हिजो राति स्वदेश फिर्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार